६२ जनामा कोरोना पुष्टि, १९ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ जनामा थप ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पिसीआर विधिअन्तर्गत ५१ जना र एन्टीजेन विधिमा ११ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै गत २४ घण्टामा १९ जना निको भइ घर फर्किएका छन् । यो सँगै कोरानामुक्त हुनेको संख्या ९ लाख ६७ हजार ४४५ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
बुधबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा नेपालमा सक्रिय संक्रमितको संख्या २६१ छ भने कोरोनाविरुद्ध खोप लगाउनेको संख्या १ लाख ८४ हजार ५४५ रहेको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया