निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको पूर्णपाठ आयो, दुई न्यायाधीशको फरक मत (पूर्णपाठसहित)
काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे फैसलाको पूर्णपाठ आएको छ ।
विमानस्थल निर्माणमा सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्नेगरी सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको हो ।
न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरू उत्प्रेषणको आदेशले बदर गरेको थियो ।
बदर गर्दै वातावरणीय र जैविक विविधतामा कम क्षति हुनेगरी उपयुक्त स्थानमा विमानस्थल निर्माणका लागि परमादेश जारी गरेको थियो ।
तर, पाँच जनाको पूर्ण इजलासमध्ये हरिकृष्ण कार्की र मनोज शर्माले ४० बुँदामा फरक मत राखेका छन् ।
उनीहरूले विमानस्थल निर्माणसँग सम्बन्धित सम्पूर्ण काम–कारबाही बदर मात्र गरी शून्यको स्थितिमा छाडिदिँदा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको विमानस्थलको भविष्य नै अनिश्चित हुने र राज्यको ठूलो लगानी खेर जाने राय दिएका छन् ।
हेरौं पूर्णपाठ :
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया