श्रीलंकाको सुधार गृहबाट ६०० भन्दा बढी कैदी फरार
काठमाडौं (एजेन्सी) । दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह (पुनर्वास केन्द्र) बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् ।
श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ ।
प्रहरी प्रवक्ता निहान थल्दुवाले भने, ‘सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर सुधार गृह क्षेत्रलाई घेरा हाली भागेका कैदीहरूको खोजी सुरु गरिएको छ ।’
उक्त सुधार गृहमा करिब एक हजार कैदीहरूलाई राखिएको थियो ।
सन् १९४८ मा स्वतन्त्र भएदेखि देशले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बेला इन्धनको अभावले श्रीलङ्कालाई अझै पनि पिरोलेको छ ।
यसले गर्दा देशभरि खाद्यान्न, औषधी, खाना पकाउने ग्याँस र इन्धनजस्ता अत्यावश्यक वस्तुहरूको तीव्र अभाव भएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया