मनमैजुमा झुण्डिएको अवस्थामा मजदुर मृत फेला
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा झुण्डिएको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् ।
तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित शुभकामना चोकबाट भित्र रूखमा झुण्डिएको अवस्थामा बिहीबार बिहान सञ्जीव मगर मृत फेला परेका हुन् ।
प्रहरी वृत्त बालाजुका डिएसपी, गौतम मिश्रले अन्दाजी २५ वर्षीय मगरको शव झुण्डिएको अवस्थामा फेला परेको नेपालवाचलाई जानकारी दिए ।
मृतक मगर त्यही क्षेत्रमा रङ लगाउने मजदुर हुन् । उनको स्थायी ठेगानाबारे भने खुलिनसकेको डिएसपी मिश्रले बताए ।
प्रहरीले शव नियन्त्रणमा लिएर पोस्ट्मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।
डिएसपी गौतमले पोस्ट्मार्टम रिपोर्टपछि मात्रै घटनाबारे बताउन सकिने बताए ।
‘झुण्डिएको अवस्था भेटिएको शव नियन्त्रणमा लिएर हामीले पोस्टमार्टमका लागि अस्पताल पठाएका छौं । त्यसको रिपोर्ट आएपछि मात्रै आत्महत्या या हत्या के हो बताउन सक्छौं,’ उनले भने ।
तारकेश्वर नगरपालिकाभित्र एक साताको बीचमा भएको यो दोस्रो घटना हो । यसअघि गत शनिबार तारकेश्वर नगरपालिका–११ नेपालटारमा गायिक दिलमाया सुनार आफ्नै डेरामा मृत फेला परेकी थिइन् । हत्या लगत्तै एक पुरुष पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेकोमा पोस्ट्मार्टम रिपोर्टमा उनले आत्महत्या गरेको पुष्टि भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया