१८ वटा हेलिकप्टरलाई काठमाडौंबाहिर सारिने
काठमाडौं । नेपालमा उडानमा रहेका हेलिकप्टरमध्ये १८ वटालाई काठमाडौंबाहिर स्थानान्तरण गरिने भएको छ । हाल नेपालभर उडिरहेका १२ वटा निजी कम्पनीका ३९ हेलिकप्टरमध्ये पार्किङ अभावका कारण १८ वटालाई राजधानीबाहिर सार्न लागिएको हो ।
यसअघि हेलिकप्टर व्यवसायी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापकबीच भएको छलफलमा काठमाडौंमा २१ वटा हेलिकप्टरमात्रै पार्किङ गर्न सकिने भएकाले बाँकीलाई बाहिर सार्ने भएको विमानस्थलको आन्तरिक टर्मिनलले जनाएको छ ।
पार्किङ अभावले उडान सुरक्षामा समस्या हुने भएपछि पर्यटन मन्त्रालयले स्तान्तरणलाई कडाइ गर्न प्राधिकरणलाई निर्देश गरेको थियो ।
यसैअनुसार १८ वटा हेलिकप्टरलाई लुक्ला, पोखरा, रामेछाप, नेपालगन्जलगायतका पायक पर्ने र बेस अनुमति भएका विमानस्थलमा सार्न प्राधिकरणले कडाइ गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया