जावलाखेलको जित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा जावलाखेलले हिमालयनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जावलाखेलको जितमा रुपबहादुर लामा र ओन्गुना जुनियरले एक–एक गोल गरे ।
यता हिमालयन शेर्पाका तर्फबाट अमृत श्रेष्ठले एक गोल फर्काए । खेलको १५औँ मिनेटमा रुपबहादुरले पहिलो गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएकामा ७१औँ मिनेटमा हिमालयनका खेलाडी अमृतले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८८औँ मिनेटमा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जीत दिलाए । यस जीतसँगै जावलाखेल रेलिगेसन जोनबाट जोगिएको छ । जावलाखेलले १२ खेलमा १४ अङ्क जोडदै अङ्क तालिकाको १० औँ स्थानमा उक्लेको छ । समान १२ खेल खेलेको हिमालयनले १३ अङ्क जोडेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया