सडकमा मकै बेच्नेलाई नगर प्रहरीको लछारपछार (भिडियोसहित)
काठमाडौं । काठमाडौंका सडकमा हरिया मकै बेच्नेमाथि नगर प्रहरीले दुव्र्यवहार गरेको छ ।
सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडियोे अहिले सामाजिक सञ्जालमा छाइरहेको छ ।
घटना शुक्रबार बिहान बालुवाटारमा भएको भन्दै सञ्चारकर्मी सृष्टि काफ्लेले ट्विटरमा बताएकी छिन् । भिडियो उनैले खिचेको बताइएको छ ।
सो भिडियोेमा एकजना बूढा मानिस र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देख्न सकिन्छ । तर नगर प्रहरीले उनीहरूलाई लछारपछार गर्दै मकै छरिदिएका छन् ।
यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने जानकारी दिएको थियो ।
निर्धारित समय र ठाउँमा बाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान जफत गरिने महानगरको चेतावनी थियो ।
यद्यपि साना व्यापारीले भने महानगरले दुःख दिँदै आएको गुनासो गरेका छन् ।
This is such a sad scene !!! Right now at Baluwatar. Is this the long-term solution for street vendors?? #KathmanduTales pic.twitter.com/38TMca1pWe
— Shristi Kafle (@KafleShristi) July 1, 2022
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया