नेम्वाङको भविश्ववाणी : अर्जेन्टिनाले विश्वकप जित्छ
काठमाडौं । कतारमा फिफा विश्वकप आउन पाँच महिना बाँकी रहँदा यसको सम्भावित विजेताबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । विश्वभरका फुटबल पण्डितहरूले यसलाई लिएर विभिन्न भविश्यवाणी गरिहेका छन् ।
उनीहरूमध्ये अधिकांशले ब्राजिल, फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, अर्जेन्टिना र स्पेनलगायत टोलीलाई विश्वकपको भावी विजेता बताइरहेका छन् ।
यसैबीच, नेपालमा पनि विश्वकपको ज्वरो बिस्तारै सुरु भएको छ । शुक्रबार एक कार्यक्रममा एमाले नेता सुवास नेम्वाङले यसपटक लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाले विश्वकप जित्ने दाबी गरेका छन् ।

नेपाल ल क्याम्पसको स्थापना दिवस कार्यक्रममा फुटबल प्रतियोगिताको पुरस्कार दिनेक्रममा उनले भने, ‘यो पटक मेसीको अर्जेन्टिनाले विश्वकप जित्छ भन्ने लाग्छ ।’
कुनैबेला आफैँ फुटबलर रहेका नेम्वाङ पहिलेदेखि नै मेसी र अर्जेन्टिना समर्थक रहँदै आएका छन् ।
अन्तिम १६ मै अर्जेन्टिनासँगको सम्भावित भेटबारे के भन्छन् एम्बाप्पे ?
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया