नेम्वाङको भविश्ववाणी : अर्जेन्टिनाले विश्वकप जित्छ
काठमाडौं । कतारमा फिफा विश्वकप आउन पाँच महिना बाँकी रहँदा यसको सम्भावित विजेताबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । विश्वभरका फुटबल पण्डितहरूले यसलाई लिएर विभिन्न भविश्यवाणी गरिहेका छन् ।
उनीहरूमध्ये अधिकांशले ब्राजिल, फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, अर्जेन्टिना र स्पेनलगायत टोलीलाई विश्वकपको भावी विजेता बताइरहेका छन् ।
यसैबीच, नेपालमा पनि विश्वकपको ज्वरो बिस्तारै सुरु भएको छ । शुक्रबार एक कार्यक्रममा एमाले नेता सुवास नेम्वाङले यसपटक लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाले विश्वकप जित्ने दाबी गरेका छन् ।

नेपाल ल क्याम्पसको स्थापना दिवस कार्यक्रममा फुटबल प्रतियोगिताको पुरस्कार दिनेक्रममा उनले भने, ‘यो पटक मेसीको अर्जेन्टिनाले विश्वकप जित्छ भन्ने लाग्छ ।’
कुनैबेला आफैँ फुटबलर रहेका नेम्वाङ पहिलेदेखि नै मेसी र अर्जेन्टिना समर्थक रहँदै आएका छन् ।
अन्तिम १६ मै अर्जेन्टिनासँगको सम्भावित भेटबारे के भन्छन् एम्बाप्पे ?
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया