सुनको मूल्य ३०० रूपैयाँले उकालो

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तीन सय रूपैयाँले उकालो लागेर ९७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य तीन सय रूपैयाँ घटेर ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन ९७ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर १ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २१० रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया