पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जना प्रहरीको नियन्त्रणमा
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए ।
नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खाजेका हुन् । प्रहरी निरीक्षक दीपक मल्लका अनुुसार हिल्सा–सिमकोट सडक निर्माणमा संलग्न कामदारले शनिबार लुटपाट गरेको इक्माले दिएको उजुरीका आधारमा सातै जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्टलाई नियन्त्रणमा लिएको छ । उनीहरुको ठेगाना दाङको घोराही र तुलसीपुर रहेको विष्टले बताए। सातै जनालाई नाम्खाबाट सदरमुकाम सिमकोट ल्याइँदै छ । इक्मा पूर्वको कञ्चनजङ्घा हिमालबाट हुम्लाको हिल्सासम्मको पैदल यात्रामा रहेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया