माओवादी केन्द्रले पोलिटब्यूरो र स्थायी कमिटी चयन गर्दै, पदाधिकारी अनिश्चित
काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको जारी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सोमाबार केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्दैछन् ।
अध्यक्षकाे राजनीतिक प्रतिवेदनमाथि सोमबार दिनभर सदस्यहरूले समीक्षात्मक रिपोर्टिङ गर्ने कार्यतालिका रहेको नेता गणेश साहले जानकारी दिए । साहका अनुसार बैठकले पोलिटब्यूरो र स्थायी कमिटी बनाउने भएपनि पदाधिकारीबारे स्पष्ट भइसकेको छैन । केन्द्रीय समितिको एक तिहाइ पोलिटब्यूरो, पोलिटब्यूरोको एक तिहाइ स्थायी समिति रहने व्यवस्था छ ।
‘बैठकले फ्लोरबाट राजनीतिक प्रतिवेदन, स्थानीय तहको समीक्षा, आगामी निर्वाचनको तयारीबारे केन्द्रीय सदस्यहरूले आज दिनभर आ–आफ्ना धारणा राख्नेछन्’, नेपालवाचसँग उनले भने, ‘मंगलबार बस्ने बैठकले आगामी कार्यदिशा, संगठनात्मक ढाँचा सम्बन्धमा एउटा निष्कर्षमा पुग्नेछौं ।’
आइतबार बसेको बैठकले केन्द्रीय समिति विस्तार गर्नुको साथै सातै प्रदेशबाट प्रदेश अध्यक्षहरूले समीक्षात्मक रिपोर्टिङ गरिएका थिए । पदाधिकारीमा आकांक्षी धेरै भएकाले महाधिवेशन सकिएको ६ महिना वितिक्दासमेत पदाधिकारी गठन हुन सकेको छैन ।
महासचिवमा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र वर्षमान पुनबीच हानाथाप रहेकाले निर्वाचन अघि पदाधिकारी गठन नगर्ने मनस्थितिमा अध्यक्ष प्रचण्ड रहेका छन् । बैठक विहान ११ बजेबाट प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्दैछ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया