यी युवा खेलाडी जो फुटबलमा भविश्य नदेखेपछि विदेशिए
काठमाडौं । फुटबलमा भविश्य सुनिश्चित नभएरपछि पछिल्लो समय नेपाली फुटबलरहरू विदेशिने क्रम बढेको छ । यसैबीच, नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर सन्तोष तामाङ र फरवार्ड दर्शन गुरुङ पनि आइतबारमात्र विदेशिएका हुन् । उनीहरू अष्ट्रेलिया प्रस्थान गरेका हुन् । यी दुवै पछिल्लो समय राष्ट्रिय टोलीमा परेका सम्भावना बोकेका युवा खेलाडी हुन् ।
राष्ट्रिय टोलीमा सधैँ नपरिने र क्लब फुटबल पनि नियमित नहुँदा घर खर्च चलाउन पनि मुश्किल परेकाले विदेशिन बाध्य भएको खेलाडीहरू बताउने गरेका छन् । फेरि नेपाली क्लबहरूले खेलाडीलाई सिजनभरीको मात्र तलब दिने गरेका छन् । यसले गर्दा खेलाडी लामो समय बेरोजगार बस्नुपरेको पाइएको छ ।
पछिल्लो समय नेपाली खेलाडीका लागि अष्ट्रेलिया राम्रो गन्तव्य हुने गरेको छ ।

यसअघि पनि राष्ट्रिय टोलीकै सदस्य जगजित श्रेष्ठ, सुमन लामा, आशिष लामा, हेमन गुरुङ, एलान न्यौपाने र विमल बस्नेत पनि अष्ट्रेलियामै रहेका छन् ।
विदेशिनेमध्ये अधिकांश फुटबलमा सम्भावना बोकेका युवा खेलाडी नै छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया