यती एयरलाइन्सले आन्तरिक उडानमा पहिलोपटक ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा’ शुरु गर्दै
काठमाडौं । आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमै पहिलो पटक यती एयरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ ।
आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरञ्जन सेवा सुरु गर्न लागिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
‘अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउनु हुनेछ,’ उनले भने, ‘इन्फ्लाइट मनोरञ्जनका लागि वायुयानभित्र रहेको डिभाइसमा कनेक्ट गरी हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत–संगीत, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरू राखिनेछ । हामी विश्वस्त छौं, यती एअरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ,’ उनले भने ।
यस सेवाअन्तर्गत मनोरञ्जनात्मक सामग्री मात्र नभइ फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्नेलगायत अन्य सुविधाहरू पनि हुनेछ ।
यथाशीघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुचारु गर्ने उद्देश्यले आवश्यक तयारी र परीक्षण भइरहेको र परीक्षणपछि यती एअरलाइन्सका सम्पूर्ण वायुयानहरूमा यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया