यी हुन् रामेछाप बस दुर्घटनामा ज्यान गुमाउने १३ जना
काठमाडौं । रामेछापको सुनापति–५ लुभुघाटमा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । रामेछापको सुनापति गाउँपालिकाको केन्द्रबाट काठमाडौं आउँदै गरेको बस आज बिहान लुभुघाटनजिक दुर्घटनामा परेको थियो । जसमा दुर्घटनास्थलमा ९ र काभ्रेको धुलिखेल अस्पतालमा उपचारकाे क्रममा चार जनाको मृत्यु भएको छ ।
घटनास्थलमा मृत्यु हुनेमा रोशी गाउँपालिका–४ काभ्रेका वर्ष २५ कमल तामाङ, पाँचखाल–८ काभ्रे वर्ष १८ का सुदीप गजमेर, सुनापति–५ रामेछाप वर्ष ६० ठुला तामाङ छन् ।
त्यस्तै, सुनापति–४ रामेछापका वर्ष २६ का समरिता तामाङ, मण्डन देउपुर गाउँपालिका–९ काभ्रेकी वर्ष ६० कि शुभलक्ष्मी मानन्धर, सुनापति–५ रामेछाप खनियापनीकी वर्ष ३६ सन्जु आले मगरछिन् ।
त्यस्तै, पाँचखाल–८ काभ्रेका वर्ष ४० का कुल बहादुर बिक, सुनापति–५ रामेछापका वर्ष ३६ का खड्क बहादुर बिक र सुनापति–५ रामेछापका वर्ष २२ का बिपना तामाङ छन् ।
यी बाहेक चार जनाको धुलिखेल अस्पततालमा उपचारको क्रममा निधन भएको छ । उपचारका क्रममा धुलिखेलमा सुनापति गाउँपालिका–५ का ३४ वर्षीय खड्कबहादुर विक, अरु दुई पुरुष र एक जना महिला छन् । धुलिखेलमा २१ जनाको उपचार भइरहेको छ ।
गम्भीर घाइते भएका तीन जनालाई हेलिकोप्टरबाट उपचारको लागि काठमाडौं ल्याइएको छ ।
कसरी भयो दुर्घटना ?
दुर्घटनामा परेको बसको अघिल्लो दिन पनि ब्रेक फेल भएको थियो । तर सामान्य मर्मत गरी मंगलबार पुनः चलाइको बताइएको छ । ओरालो बाटोको घुम्तीमा ब्रेक फेल भएपछि ३०/३५ मिटर झरेर तल्लो सडकमा बजारिन पुगेको थियो । दुर्घटनास्थल काभ्रे र रामेछापको सीमामा हो । कोशी किनार नजिककै दुर्घटनास्थल सिन्धुलीको नेपालथोकबाट चार किलोमिटर हाराहारीको दुरीमा छ ।
रामेछाप दुर्घटना : ‘ब्रेक फेल’ भएको गाडी चलाउँदा १३ जनाको ज्यान गयो
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया