देशभर एकै दिन ९० जना संक्रमित
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९० जनामा कारोना भाइरसको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ११२ जनामा परीक्षण गर्दा पिसिआर विधिमा ७३ र एन्टीजेन विधिमा १७ जना गरी थप ९० जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै गत २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ९ लाख ६७ हजार ५५५ पुगेको छ । मंगलबार कसैको पनि मृत्यु भएको छैन ।
नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४०१ रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया