ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या बढ्यो
काठमाडौं । बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखापरेको छ । गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो ।
गुलरिया स्वास्थ्य शाखाका सिनियर अनमी विष्णु सापकोटाका अनुसार शिविरमा झडै ६०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । दश महिलाको पाठेघरमा रिङ राखिएको उनले बताए । जाँच गर्दा ४० वर्ष उमेर नाघेका महिलामा आङ खस्ने समस्या पाइएको छ । पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताए ।
विशेषतः थारू, दलित, मधेसी र सीमान्तकृत समुदायका महिला उक्त रोगबाट बढी पीडित रहेको सापकोटा बताउँछन् । केही महिनाअघि कार्यालयले आङ खस्ने रोगबाट पीडितमध्ये संवेदनशील अवस्थाका १५ जनाको निःशुल्क शल्यक्रिया गरेको थियो ।
कम उमेरमा विवाह गरेका, असुरक्षितरूपमा बच्चा जन्माएका र गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा पाठेघर खस्ने समस्या बढी देखिने गरेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया