नेपाल–भारत झुलाघाट नाका खुल्यो
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुलेको छ । नाका बुधबार अपराह्न ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । महाकाली नदीमाथिको रहेको उक्त पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मतका लागि मङ्गलबार साँझदेखि बन्द गरिएको थियो । भारत सरकारले निर्माण गरेको उक्त पुल भारतीय पक्षले नै मर्मत गरेको हो ।
पुल मर्मतपछि नाकामा आवातजावतसमेत सञ्चालनमा आएको छ । यसअघि पुलको लक भाँचिएको सूचना प्राप्त भएपछि दुवै देशका सुरक्षा निकायले मङ्गलबार दिउँसो पुलको अवलोकन तथा निरीक्षण गरेपश्चात् मर्मत गर्ने सहमति भएको थियो ।
पुल जीर्ण भएको कारण पुल मर्मत नगरी सञ्चालनमा ल्याउँदा थप जोखिम सिर्जना हुनसक्ने विषयलाई मध्यनजर गर्दै पुलबाट हुने सबै आवागमन रोकेर मर्मत गरिएको हो । वर्षौँ पुरानो झोलुङ्गे पुल बेलाबेला मर्मत गरिँदै आएको छ । तत्कालको लागि काम दिने गरी मर्मत भएको पुलमा जोखिम भने कायमै छ । ब्रिटिसको पालामा बनेको पुल १८३० बाट सञ्चालनमा आएको थियो । पुरानो काठको पुल भारतीय पक्षले बेलाबेला कामचलाउको लागि मर्मत गरे पनि पूर्णरुपले मर्मत हुन सकेको छैन ।
झुलाघाटको महाकाली नदीमा मोटरेबल पुलको आवश्यकता भए पनि अहिलेसम्म मोटरेबल पुलको काम अघि बढ्न सकेको छैन । उक्त नाकामा मोटरेबल पुलको माग गर्दै बैतडीवासी ३८ दिन लामो रिले अनशन बसेका थिए तर उक्त मागको कुनै सुनुवाइ भएको छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया