अर्थमन्त्रीको राजीनामाले विपक्षीको षड्यन्त्र समाप्त भयो : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुको कारणबारे केन्द्रीय समितिलाई प्रष्टिकरण दिएका छन् ।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा शर्माको राजीनामा र परिस्थितिबारे ब्रिफिङ गरेका हुन् । राजनीतिलाई असहजतर्फ धकेल्न विपक्षीको षड्यन्त्रलाई शर्माको राजीनामाले गतिलो जवाफ दिएको बताए ।
‘अर्थमन्त्रीले राजीनामा नदिएको भए यहि विषयलाई उछालेर विपक्षीले गठबन्धन सरकारलाई अप्ठ्यारो पार्ने षड्यन्त्र भएको थियो’, अर्थमन्त्रीको राजीनामाले बाहिर राम्रो संदेश गएको । विपाक्षीको षड्यन्त्रलाई गतिलो झापड दिएको छ ।’
उनले बजेटको सम्बन्धमा विपक्षीले बढी राजनीतिकरण गर्न खोजिएको आरोप लगाए ।
‘अर्थमन्त्रीले राष्ट्रलाई अहित हुने काम केही गरेको छैन भनिहनुभएको छ । मसँगको भेटमा पनि मबाट केही गल्ति भएको छैन भन्नुभएको छ’, उनले भने, ‘यो सबै गठबन्धन सरकार भत्काउने विपक्षीको षड्यन्त्र थियो । राजनीति आफ्नो पकडमा राख्न सहमतिमै हामीले छानविनका लागि संसदीय समिति गठन गरेको हो ।’
उनले माओवादीको प्रभाव रोक्न र लोकप्रियता घटानाउ विपक्षीले अनावश्यक खेल्न खोजेको आरोप लगाए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया