अर्थमन्त्रीको राजीनामाले विपक्षीको षड्यन्त्र समाप्त भयो : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुको कारणबारे केन्द्रीय समितिलाई प्रष्टिकरण दिएका छन् ।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा शर्माको राजीनामा र परिस्थितिबारे ब्रिफिङ गरेका हुन् । राजनीतिलाई असहजतर्फ धकेल्न विपक्षीको षड्यन्त्रलाई शर्माको राजीनामाले गतिलो जवाफ दिएको बताए ।
‘अर्थमन्त्रीले राजीनामा नदिएको भए यहि विषयलाई उछालेर विपक्षीले गठबन्धन सरकारलाई अप्ठ्यारो पार्ने षड्यन्त्र भएको थियो’, अर्थमन्त्रीको राजीनामाले बाहिर राम्रो संदेश गएको । विपाक्षीको षड्यन्त्रलाई गतिलो झापड दिएको छ ।’
उनले बजेटको सम्बन्धमा विपक्षीले बढी राजनीतिकरण गर्न खोजिएको आरोप लगाए ।
‘अर्थमन्त्रीले राष्ट्रलाई अहित हुने काम केही गरेको छैन भनिहनुभएको छ । मसँगको भेटमा पनि मबाट केही गल्ति भएको छैन भन्नुभएको छ’, उनले भने, ‘यो सबै गठबन्धन सरकार भत्काउने विपक्षीको षड्यन्त्र थियो । राजनीति आफ्नो पकडमा राख्न सहमतिमै हामीले छानविनका लागि संसदीय समिति गठन गरेको हो ।’
उनले माओवादीको प्रभाव रोक्न र लोकप्रियता घटानाउ विपक्षीले अनावश्यक खेल्न खोजेको आरोप लगाए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया