सन्दीप दुई दिनमै दोस्रो फ्रेन्चाइज लिगमा अनुबन्धित
जमैकाबाट सिपिएल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा अनुबन्धित भएका छन् । उनी दुई दिनको अन्तरमा दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगमा अनुबन्धित भएका हुन् ।
यसअघि मंगलबारमात्रै सन्दीप श्रीलंकाको लंका प्रिमियर लिगमा अनुबन्ध भएका थिए । उनलाई डाम्बुल्ला जायन्ट्सले ४० हजार डलरमा अनुबन्ध गरेको थियो ।
आगामी अगष्ट अन्तिमदेखि सुरु हुने सिपिएलका लागि सन्दीपलाई जमैका तल्लावाजले अनुबन्ध गरेको हो । सन्दीपले सन् २०२० को संस्करण पनि यही टोलीबाट खेलेका थिए ।
सन्दीप कति रकममा जमैकामा अनुबन्ध भएका हुन् त्या भने खुलाइएको छैन ।
सन्दीपले सन् २०१८ को सिजनदेखि सिपिएल खेल्न थालेका हुन् ।
सन्दीपले भारतको इण्डियन प्रमियर लिग (आइपिएल) अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तानको पास्कितान प्रिमियर लिग पिपिएल)लगायत विश्वभरका प्रायः चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया