सन्दीप दुई दिनमै दोस्रो फ्रेन्चाइज लिगमा अनुबन्धित
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा अनुबन्धित भएका छन् । उनी दुई दिनको अन्तरमा दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगमा अनुबन्धित भएका हुन् ।
यसअघि मंगलबारमात्रै सन्दीप श्रीलंकाको लंका प्रिमियर लिगमा अनुबन्ध भएका थिए । उनलाई डाम्बुल्ला जायन्ट्सले ४० हजार डलरमा अनुबन्ध गरेको थियो ।
आगामी अगष्ट अन्तिमदेखि सुरु हुने सिपिएलका लागि सन्दीपलाई जमैका तल्लावाजले अनुबन्ध गरेको हो । सन्दीपले सन् २०२० को संस्करण पनि यही टोलीबाट खेलेका थिए ।
सन्दीप कति रकममा जमैकामा अनुबन्ध भएका हुन् त्या भने खुलाइएको छैन ।
सन्दीपले सन् २०१८ को सिजनदेखि सिपिएल खेल्न थालेका हुन् ।
सन्दीपले भारतको इण्डियन प्रमियर लिग (आइपिएल) अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तानको पास्कितान प्रिमियर लिग पिपिएल)लगायत विश्वभरका प्रायः चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया