कान्छा सगरमाथा आरोही शम्भु तामाङको निधन
काठमाडौं । सबैभन्दा कान्छा सगरमाथा आरोही शम्भु तामाङको निधन भएको छ । तामाङ विगत दुई महिनादेखि क्यान्सर रोगबाट ग्रसित थिए । उनको बिहीबार नेपाल क्यान्सर हस्पिटलमा निधन भएको हो ।
लामा सन् १९७३ मे ५ मा सगरमाथाको चुचुरोमा पुगेका थिए । उनले १८ वर्षको उमेरमा सगरमाथाको आरोहण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्न सफल भएका थिए ।
केही दिन अघि लामालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अस्पताल गएका थिए । तामाङ लिसंखु सेवा समाजका वर्तमान अध्यक्ष तथा छ्योइफेल कुन्देलिङ गोन्पाको सल्लाहकार र तीलगंगा आँखा अस्पतालका पूर्व कोषाध्यक्षसमेत थिए ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया