अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सुझावसहित पारित, के–के भए निर्णय ?
काठमाडौं । माओवादी केन्द्रको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदन पारित गरेको छ । बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएका थिए ।
उनले आगामी संघीय निर्वाचनलाई लक्ष्ति गर्दै उपत्यका विशेष समिति गठनदेखि अखिल क्रान्तिकारीभित्र देखिएको विवाद मिलाउन विशेष समिति बनाउने प्रस्ताव गरेका सहभागी एक नेताले जानकारी दिएका छन् ।
त्यस्तै प्रचण्डले प्रदेश सभा र संघीय निर्वाचका लागि घोषणापत्र तयार गर्न मस्यौदा समिति गठन गर्ने प्रस्ताव गरेका छन् । पदाधिकारी, पोलिटब्यूरो र स्थायी समिति लगायत विषयमा छलफल केन्द्रीत रहेको छ ।
अध्यक्षले पदाधिकारीसहित समितिका सदस्यहरूको नामावली प्रस्ताव गर्ने तयारी गरेका छन् । आइतबारदेखि सुरू भएको बैठक आज सकिदैछ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया