अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सुझावसहित पारित, के–के भए निर्णय ?
काठमाडौं । माओवादी केन्द्रको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदन पारित गरेको छ । बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएका थिए ।
उनले आगामी संघीय निर्वाचनलाई लक्ष्ति गर्दै उपत्यका विशेष समिति गठनदेखि अखिल क्रान्तिकारीभित्र देखिएको विवाद मिलाउन विशेष समिति बनाउने प्रस्ताव गरेका सहभागी एक नेताले जानकारी दिएका छन् ।
त्यस्तै प्रचण्डले प्रदेश सभा र संघीय निर्वाचका लागि घोषणापत्र तयार गर्न मस्यौदा समिति गठन गर्ने प्रस्ताव गरेका छन् । पदाधिकारी, पोलिटब्यूरो र स्थायी समिति लगायत विषयमा छलफल केन्द्रीत रहेको छ ।
अध्यक्षले पदाधिकारीसहित समितिका सदस्यहरूको नामावली प्रस्ताव गर्ने तयारी गरेका छन् । आइतबारदेखि सुरू भएको बैठक आज सकिदैछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया