नेपाल–भारत सीमामा तारबार लगाउन कति लाग्छ खर्च ?
काठमाडौं । सेनाले नेपाल–भारत सिमानामा तारबार लगाउनुपर्ने प्रस्ताव गरेको छ । सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयद्वारा जंगी अड्डामा आयोजित अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी सेमिनारको समापनमा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले खुला सीमा नियन्त्रणमा जोड दिँदै तार लगाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार बलियो र गुणस्तरीय तारबार एक किलोमिटर लगाउँदा करिब साढे दुई करोड लाग्छ । नेपाल–भारतबीच १८ सय ८० किलोमिटर सीमा छ । यस हिसाबले सीमामा तारबार लगाउँदा करिब ४७ अर्ब खर्च हुने देखिन्छ ।
‘देशको सीमामा तारबार लगाउने विषय सामान्य होइन । धेरै लागत पर्छ । सामान्यतः तरबारको लागत त्यसको गुणस्तर, लम्बाइ, उचाइ, प्रयोग गरिने वस्तु, बनाउने ठाउँको भौगोलिक अवस्थालगायत कुराले निर्धारण गर्छ,’ सिंहले भने, ‘हाम्रो अनुभवले बलियो र गुणस्तर भएको तरबार एक किलोमिटर लम्बाइमा लगाउँदा करिब साढे दुई करोड रुपैयाँ लागत पुग्ने देखिन्छ । तारबारमा प्रत्येक ४–५ मिटरको बीचमा पोल पनि बनाउनुपर्छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया