यीनै हुन् जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली प्रहार गर्ने व्यक्ति
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पहिला प्रहार गरेकाे गाेली चुकेपछि उनले आबेलाई दोस्रो गोली प्रहार गरेका थिए ।
गोली लागेपछि उनी तुरुन्तै रगत बगेर भुइँमा लडे । त्यसपछि सुरक्षाकर्मीले भाग्ने प्रयास गरेका आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले आक्रमणकारीको बन्दुक पनि नियन्त्रणमा लिएको र पहिचान गरेको पनि जापानी प्रसारकले जनाएका छन् ।
गाेली प्रहार गर्ने संदिग्धकाे पहिचान प्रहरीले सार्वजनिक गरेकाे छैन ।
नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको जापानका सञ्चारमाध्यमले जनाएका छन् ।
भाषण गरिरहेका आबेमाथि पछाडिबाट गोली हानिएको थियो । उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया