नागरिकता विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी रहेको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणँले सो विधेयक फिर्ताको प्रस्ताव पेस गरेका थिए भने सो प्रस्तावमा प्रतिपक्षी दलका सांसदहरुले फिर्ता नलिन आग्रह गर्दै छलफलमा भाग लिएका छन् ।
दुई वर्षअघि प्रतिनिधिसभामा उत्पत्ति भई विचाराधीन रहेको विधेयक फिर्ताको प्रस्तावको विरोधमा सूचना प्रस्तुत गर्दै नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने संवैधानिक व्यवस्थालाई पालना गर्न छिटो विधेयक पारित गर्नुपर्नेमा संसदीय समितिमा भइसकेको छलफल र भएको मेहनतलाई बेवास्ता गरिएकामा आपत्ति जनाए ।
एमालेका सांसद डा भीमबहादुर रावलले सबै नेपालीले सहजै नागरिकता पाउन् र कुनै पनि विदेशीले नेपाली नागरिकता नपाउन् भन्ने मान्यता राखेर संविधानमा नागरिकसम्बन्धी व्यवस्था गरिएको स्मरण गराउँदै विधेयक फिर्ता प्रचलित कानुनी मान्यता विपरीत भएको बताए ।
एमालेका सांसद शेरबहादुर तामाङले समितिमा छलफल भइसकेको विधेयक पारित नगरेर फिर्ता र नयाँ विधेयक ल्याउने प्रक्रियाले यस संसद्बाट सो विधेयक पारित हुने सम्भवना नभएको टिप्पणी गरे ।
नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले विधेयक फिर्ता लिइए पनि चाँडै अर्को विधेयक ल्याउन माग गरेका छन्। एमालेका सांसद घनश्याम खतिवडाले जन्मसिद्धका आधारमा नागरिकता पाउन प्रतीक्षारत जनताहरुमा निराशा छाएको बताए।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल भारत सीमा नाकामा कडा सुरक्षा व्यवस्था गर्न र नागरिकता समस्याको समाधान गर्न आग्रह गरे । सांसदहरु कृष्णप्रसाद दाहाल, विद्या भट्टराई, विमला विक, हृदयेश त्रिपाठी, बीना श्रेष्ठ, डा वृन्दा पाण्डे लगायतले विधेयक फिर्ता नलिई पूर्ववत् विधेयकलाई पारित गर्न आग्रह गरेका छन्।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया