बारास्थित एक बायोप्लान्टिक प्रालिमा शिलबन्दी, किटनाशक औषधि बनाएको आरोप
काठमाडौं । जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर किटनाशक औषधि उत्पादन गर्ने गरेको आरोपमा बारास्थित शिवशक्ति बायोप्लान्टिक प्रालिमा स्थानीय प्रशासनले शिलबन्दी गरी थप अनुसन्धान सुरु गरेको छ ।
बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित प्रालिको कारखानामा शिलबन्दी गरी आवश्यक अनुसन्धान सुरु गरिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जानकारी दिए ।
जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर विषादी किटनाशक औषधि उत्पादन गरिरहेको ती उद्योगमाथि आरोप छ । यद्यपि सोबारे अनुसन्धान थालिएको र उद्योगका सबै कागजात माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सेढाईँले बताए ।
इलाका प्रहरी कार्यालय भण्डारा चितवनले गत माघ १ गते करिब रु नौ लाख ८० हजार मूल्य बराबरको अवैध किटनाशक औषधिसहितको ट्रक नियन्त्रणमा लिएपछि उक्त उद्योगको कारोबारबारे जानकारी भएपछि स्थानीइ प्रशासनले अनुसन्धान थालेको हो ।
उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राय यादवलगायतको लगानी छ ।
अनुमतिबिना किटनाशक औषधि उत्पादन गरी किसानलाई ठगी गरेको आरोप उद्योग माथि लागेको छ । उद्योगका सञ्चालक सबै सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १५:३१:००
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया