भातृ संस्थाको विधानलाई अन्तिम रूप दिन कांग्रेसले गृहकार्य थाल्यो, दिउँसो पदाधिकारी बैठक बस्दै
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले भातृ संगठनको विधानलाई अन्तिम रूप दिने गरी गृहकार्य थालेको छ ।
यसै विषयमा छलफल गर्न उपसभापति पूर्णबहादुर खड्काले आइतबार दिउँसो पदाधिकारीको बैठक बोलाएका छन् । केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यलय सानेपामा बस्ने जानकारी दिए । बैठकमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी नहुने पौडेलले जानकारी दिएका छन् ।
आजको बैठकमा एनपी साउदको नेतृत्वको समितिले तयार गरेको भातृ तथा सुवेच्छुक संस्थाहरूको विधान प्रतिवेदनबारे छलफल गरी अन्तिर रूप दिनेछ ।
कांग्रेसमा नेविसंघ र दलित संघको विधान टुंगो लागेपनि अन्य संस्थाको बाँकी छ । फागुन ३ गते बसेको कांग्रेसको केन्द्रीय कार्य समिति बैठकले १० वटा भातृ संस्था भंग गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया