मेसीले यही जर्सी लगाएर विश्वकप खेल्नेछन् (६ तस्बिरसहित)
काठमाडौं । कतार विश्वकपमा कप्तान लियोनल मेसीसँगै उनका सहकर्मीहरूले लगाउने अर्जेन्टिनाको होम जर्सी सार्वजनिक भएको छ ।
मेसीसँगै एंगेल डी मारिया, जियाभानी लो सेल्सो, जुलियन अल्भारेज र माटिएस सोउलेलगायतलाई जर्सी लगाइदिएर अर्जेन्टिनी फुटबल संघले हालै सार्वजनिक गरेको हो ।
जर्सीमा सदा झै अर्जेन्टिनाको आकाशे निलो र सेता रङ प्रयोग गरिएको छ । पछाडि भने रङ उस्तै भएपनि अलि फरक डिजाइन छ ।
विशेषगरी, जर्सी नम्बर लेख्दाको डिजाइन धेरै नै फरक छ । जर्मनीको एडिडास कम्पनीले जर्सी तयार पारेको हो ।
नोभेम्बर २१ देखि विश्वकप सुरु हुँदैछ । प्रमुख दाबेदारमध्ये एक रहेको अर्जेन्टिना समूह सीमा छ । सो समूहमा दुई पटकको विजेता अर्जेन्टिनासँगै साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड पनि छन् ।
यस्तो अवस्थामा मात्रै मेसीको अर्जेन्टिना फाइनलमा पुग्न सक्छ : हेनरी
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया