क्यानडाले नेपाललाई दियो ८१ रनको झिनो लक्ष्य
काठमाडौं । टि–२० विश्वकप क्रिकेट छनोट क्यानडाविरुद्ध नेपालले पहिलो इनिङमा सानदार प्रदर्शन गरेको छ । नेपाली बलरहरूसामु क्यानेडियन ब्याट्सम्यानहरू निरिह साबित भएका छन् ।
टस जितेर ब्याटिङ गरेको क्यानडा पूरै ओभरसम्म पनि टिक्न सकेन । क्यानडाले १५ ओभरमै अलआउट हुँदै ८० रनमात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन, कमलसिंह ऐरी र अविनाश बोहराले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए ।
यससँगै नेपाललाई क्यानडाले ८१ रनको झिनो लक्ष्य दिएको छ । नेपालले ब्याटिङ सुरु गरेको छ ।
यस्तो छ नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहरा ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया