फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी भएपछि…
कास्की । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ ।
कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका अनुसार आगलागीपछि कभर्डहलभित्र सञ्चालन भइरहेको ‘सिक्स ए साइड महिला तथा पुरुष हक्की प्रतियोगिता’को फाइनल खेल एक घण्टा स्थगन भयो ।
प्रहरी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि रोकिएको खेलपछि पुनः सञ्चालनमा ल्याइएको हो । समयमै नियन्त्रणमा लिइएका कारण आगलागीबाट ठूलो क्षति हुन भने पाएको छैन । क्षतिको विवरण आउन बाँकी छ । नेपाली सेना र सुदूरपश्चिम प्रदेशबीच हक्कीको फाइनल खेल सञ्चालन भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया