अवरोधबीच कांग्रेस केन्द्रीय समितिको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । कार्यकर्ताहरूको अवरोधका बीच केही बेरअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।
स्थानीय तह निर्वाचनपछि पहिलोपटक बसेको बैठकमा निर्वाचनको समीक्षा हुने बताइएको छ ।
साथै, बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीतिसमेत बनाउने प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
यसअघि कार्यकताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए । बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाविरुद्ध असन्तुष्ट नेता डा. शेखर कोइराला पक्षका विद्यार्थी तथा युवाले प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।
बैठकमा शेखर पक्षले सभापति देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको बताइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया