पार्टी कार्यालयमै सभापति देउवाविरुद्ध नाराबाजी र अवरोध

काठमाडौं । नेपाली कांग्रेसका कार्यकताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीको केन्द्रीय कार्यालय, सानेपामै नाराबाजी गरेका छन् ।
आज दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाविरुद्ध असन्तुष्ट नेता डा. शेखर कोइराला पक्षका विद्यार्थी तथा युवाले प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।
उनीहरूले सभापति देउवा चढेको गाडीमा अवरोध पु¥याएका थिए । साथै, मन्त्री र पदाधिकारीको गाडीमा पनि अवरोध पु¥याउन खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा ठेलमठेलसमेत भएको थियो ।
केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग शेखर पक्षको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक आज, शेखर पक्षले मन्त्री हेरफेरको विषय उठाउने
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया