सार्वजनिक ठाउँमा फोहर फाल्नेलाई महानगरद्वारा २५ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक ठाउँमा फोहर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना लिएको छ । महानगरका मेयर बालेन्द्र शाहले फेसबुकमा जरिवाना लिएको सूचना राख्दै सो कुरा जानकारी गराएका हुन् ।
काठमाडौंको धोबीखोलामा आइतबार र सोमबार फोहर फालिरहेको फोटो तथा भिडियो सार्वजनिक भएको थियो । शाहले उक्त सार्वजनिक भएका फोटो तथा भिडियोका आधारमा छानविन गरी कम्पनीलाई नियम अनुसार जरिवाना तिराएको बताएका छन् ।
साथै उनले फोटो तथा भिडियो सार्वजनिक गरिएकोमा धन्यवाद व्यक्त गदै आगामी दिनमा पनि यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गरेका छन् ।
प्रतिक्रिया