कांग्रेसको केन्द्रीय समिति बैठक सकियो, मंगलबार फेरि बस्ने
काठमाडौं । स्थानीय निर्वाचनपछि पहिलोपटक बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजका लागि सकिएको छ । बैठक मंगलबार फेरि बस्नेगरी सकिएको हो ।
उपसभापति पूर्णबहादुर खड्काले स्थानीय निर्वाचन परिचालन समिति र प्रवक्ता डा. प्रकाशशरण महतले प्रचारप्रसार समितिको प्रतिवेदन बैठकमा पेस गरेका थिए ।
बैठकमा प्रदेशका सभापतिहरूले धारणा राख्नुका साथै केन्द्रीय सदस्यहरूलाई बोल्न एक जना बराबर ७ मिनेटको समय छुट्याइएको थियो ।
बैठक केही दिनसम्म चल्ने र सोबीचमा भ्रातृ संगठनलाई पूर्णता दिने र गतिशील बनाउने तयारी रहेको प्रवक्ता महतले बताए ।
बैठकमा जाँदैगर्दा डा. शेखर कोइराला पक्षका कार्यकताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए । सभापति देउवाले नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिन नसकेको शेखर पक्षको भनाइ छ ।
गत फागुनमा सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले अवधि पुगेका भातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको थियो । पछि देउवाले यसमध्ये चारवटाको मूल नेतृत्व चयन गरे पनि तिनले अहिलेसम्म पूर्णता पाउन सकेका छैनन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया