त्रिविको परीक्षामा निजी कलेजको प्रश्नपत्र हुबहु
काठमाडौं । प्रश्नपत्र निर्माणमा त्रिभुवन विश्वविद्यालयको लापरबाही र बदमासी फेरि दोहोरिएको छ । असार २५ मा लिएको नेप्लिज सोसाइटी एण्ड पोलटिक्स विषयको परीक्षामा पाँचौं सोसोलोजीको प्रश्न सोधेपछि परीक्षा रद्द भएको छ ।
त्यस्तै असार २२ मा लिएको व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं समेस्टरको अर्गनाइजेसन बिएभिअर विषयको प्रश्नपत्र पनि निजी कलेजले सञ्चालन गरेको प्रि–बोर्ड परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेको छ । डिन कार्यालयले परीक्षाको प्रश्नपत्रसम्बन्धी कार्यमा मर्यादाविपरीतद कार्य भएकाले दुवै परीक्षा रद्द गरेको जनाएको छ ।
यसअघि गत जेठ १६ र २३ मा सञ्चालित परीक्षामा पनि अघिल्लो वर्षको प्रश्नपत्र हुबहु दोहोरियो । स्नातकोत्तर तेस्रो सेमेस्टरको पब्लिक इकोनोमिक्स् विषयको प्रश्नपत्र गत वर्षकै हुबहु थियो । कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया