जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेको बौद्ध गुम्बामा अन्तिम संस्कार
टोकियो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि मंगलबार टोकियोको एक बौद्ध मन्दिरमा कडा सुरक्षाबीच गरिने भएको छ । शुक्रबार चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनको हत्या भएको थियो ।
सोमबार, शिन्जो आबेको परिवार र नजिकका साथीहरूले प्रार्थना सभा गरेका छन् । उक्त बैठकमा जापानी प्रधानमन्त्री फुमिया किशिदा र अमेरिकी अर्थमन्त्री जेनेट येल्यान्डलगायत करिब साढे दुई हजार मानिस सहभागी थिए ।
नारा सहरमा चुनावी प्रचारप्रसारका क्रममा भाषण गरिरहेका बेला आबेलाई पछाडिबाट गोली हानिएको थियो । जापान टाइम्सका अनुसार आबेको घाँटीमा चोट लागेको थियो र उनको छातीभित्र आन्तरिक रक्तस्राव भएको थियो ।
प्रहरीले घटनास्थलबाट ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ । जापानी सञ्चारमाध्यमका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् । संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया यामागामीको रूपमा गरिएको छ । उनी नारा सहरका बासिन्दा हुन् ।
जापानको राज्य प्रसारक एनएचकेका अनुसार आक्रमणकारीले हातले बनाएको बन्दुकले गोली हानेका थिए । प्रहरीले शंकास्पद आक्रमणकारीको घरमा छापा मार्दा त्यहाँबाट पनि विस्फोटक पदार्थ बरामद भएको थियो ।
जापानी पूर्वप्रधानमन्त्रीको हत्याबारे के भने विश्व नेताहरुले ?
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया