पृथकतावादीद्वारा नियन्त्रित युक्रेनका २ क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता
काठमाडौं । युक्रेनका पृथकतावादी समूहद्वारा नियन्त्रित दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिने घोषणा गरेको छ ।
पृथकतावादी समूहले लामो समयदेखि नियन्त्रण जमाउँदै आएका पूर्वी युक्रेनको डोनेट्स्क र लुहान्सक क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएको हो ।
यी दुवै क्षेत्रलाई नियन्त्रणमा लिँदै त्यहाँका विद्रोहीले अलग राज्य रहेको स्वघोषणा गर्दै आएका थिए । जहाँ युक्रेनले सन् २०१४ देखि विद्रोहीमाथि प्रतिरोध गर्दै आइरहेको छ ।
यस्तो घोषणालगत्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् । बिबिसीका अनुसार, उक्त हस्ताक्षरमा पुटिनले दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि भूमिका खेल्ने प्रतिबद्धता जायर गरेका छन् ।
पुटिनले एक सम्बोधनका क्रममा भनेका छन्, ‘डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र हुन् । युक्रेन सरकार विदेशी शक्तिहरूद्वारा नियन्त्रित कठपुतली शासन हो ।’
यो क्रममा उनले पश्चिमा राष्ट्र र नेटोको पनि कडा शब्दमा आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रसिया र युक्रेनबीचको तनाव बढिरहेका बेला चालिएको यो कदमले शान्ति वार्ता बिथोलिने चिन्ता व्याप्त भएको छ । पूर्वी क्षेत्रमा आफ्नो सेना प्रवेशका लागि रुसले यस्तो हर्कत गरेको पश्चिमा राष्ट्रको टिप्पणी छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया