सुराकीका नाममा गृहमन्त्री र सचिवले बाँडे झण्डै डेढ करोड
काठमाडौं । आर्थिक वर्ष ०७७/७८ मा गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा एक करोड ३८ लाख खर्च गरेका छन् ।
कानूनबिना नै हुँदै आएको यस्तो खर्चमा विगतमा झैं यस वर्ष पनि महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
महालेखाको प्रतिवेदनअनुसार, ०७७÷७८ मा गृहमन्त्रीले ६२ लाख ५० हजार र गृहसचिवले ७५ लाख ७५ हजार रूपैयाँ सुराकी सुराकी परिचालनको नाममा बाँडेका हुन् ।
त्यस वर्ष लामो समय रामबहादुर थापा बादल गृहमन्त्री र महेश्वर न्यौपाने गृहसचिव थिए । कानूनविना ०५० सालमा मन्त्रिपरिषद्ले गरेको एक निर्णयका आधारमा गृहमन्त्रीले एकपटकमा ५० हजार र गृहसचिवले २० हजारसम्म खर्च गर्दै आएका छन् । एकपटकको खर्चको सीमा तोकिए पनि महालेखाले निश्चित अवधिको खर्च गर्ने सीमा पनि तोक्न भनेको छ, नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया