सुराकीका नाममा गृहमन्त्री र सचिवले बाँडे झण्डै डेढ करोड
काठमाडौं । आर्थिक वर्ष ०७७/७८ मा गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा एक करोड ३८ लाख खर्च गरेका छन् ।
कानूनबिना नै हुँदै आएको यस्तो खर्चमा विगतमा झैं यस वर्ष पनि महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
महालेखाको प्रतिवेदनअनुसार, ०७७÷७८ मा गृहमन्त्रीले ६२ लाख ५० हजार र गृहसचिवले ७५ लाख ७५ हजार रूपैयाँ सुराकी सुराकी परिचालनको नाममा बाँडेका हुन् ।
त्यस वर्ष लामो समय रामबहादुर थापा बादल गृहमन्त्री र महेश्वर न्यौपाने गृहसचिव थिए । कानूनविना ०५० सालमा मन्त्रिपरिषद्ले गरेको एक निर्णयका आधारमा गृहमन्त्रीले एकपटकमा ५० हजार र गृहसचिवले २० हजारसम्म खर्च गर्दै आएका छन् । एकपटकको खर्चको सीमा तोकिए पनि महालेखाले निश्चित अवधिको खर्च गर्ने सीमा पनि तोक्न भनेको छ, नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया