उपसभामुखमा पुष्पा भुषालको उम्मेदवारी दर्ता

काठमाडौ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि पुष्पा भुषालले उम्मेदवारी दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी उनले उम्मेदवारी दर्ता गराएकी हुन् । माओवादीका देव गुरुङ भुसालको उम्मेदवारीमा प्रस्तावक र नेकपा एसकी लक्ष्मीकुमारी चौधरी समर्थक बसेकी छिन् ।
यसअघि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ मा ६ गते राजीनामा दिएपछि उपसभामुख पद २९ महिनादेखि रिक्त छ ।
तत्कालीन सत्तारूढ दल नेकपाले अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले राजीनामा दिएकी थिइन् । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक दल र लिङ्गबाट हुनुपर्ने व्यवस्था छ ।
यस्तै प्रमुख प्रतिपक्ष दल एमालेले उपसभामुखमा लोकतान्त्रिक समाजवादी दललाई समर्थन गर्ने भएको छ । लोसपाबाट चन्दा चौधरीलाई उम्मेदवार बनाउने चर्चा चलेसँगै उनलाई समर्थन गर्ने एमालेले जनाएको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया