प्राधिकरणले ध्यान नदिँदा सञ्चालनमा नआएका विमानस्थलमा कतै घर बने, कतै धावनमार्गबाटै बाटो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको ध्यान नपुग्दा हाल सञ्चालनमा नरहेका विमानस्थलमा स्थानीयबासीले मनलाग्दी गरेको पाइएको छ ।
महालेखापरीक्षकले आफ्नो ५९ औं वार्षिक प्रतिवेदनमार्फत ती विमानस्थलमा प्राधिकरणले संरक्षण नगर्दा कतै घर त कतै बाटो बनेको भेटिएको जनाएको छ ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार पालुङ्टार विमानस्थलको जग्गामा स्थानीयबासीले बाटो तथा घर निर्माण गरेको पाइएको छ ।
पर्यटन मन्त्रालयले बुझाएन ६ हजार मिटरसम्मका हिमालको पर्वतारोहण रोयल्टी
त्यस्तै, टीकापुर विमानस्थलको धावनमार्गको बीचबाटै स्थानीयबासीले पक्की सडक निर्माण गरेका छन् भने मेघौली र महेन्द्रनगर विमानस्थलको जग्गाबाट स्थानीयले बाटो निर्माण गरेको पाइएको छ ।
अर्कोतर्फ कतिपय विमानस्थलमा निर्माणपछि सुरक्षाका लागि सामान्य तारबार तथा पर्खाल पनि लगाइएको छैन । खिजी चण्डेश्वरी, सुकिलुमवा, अर्घाखाँची विमानस्थल निर्माण सम्पन्न भएको तीन वर्ष बितिसम्दा पनि त्यहाँ अहिलेसम्म घेरा, पर्खाल एवं सुरक्षाको तारबार नगरिएकोप्रति महालेखाले प्रश्न गरेको छ ।
वार्षिक प्रतिवेदनमार्फत विमानस्थल सुरक्षाको प्रबन्ध व्यवस्थित गर्न महालेखाले प्राधिकरणलाई सुझाएको छ ।
महालेखाको प्रश्न : पशुपतिमा जलहरी बनाएर बाँकी रहेको १० किलो सुन खै ?
ताजा अपडेट
-
क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल
-
देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
बागमती प्रदेश सभा बैठक बस्दै
-
भोजपुर हत्या घटना: शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
प्रतिक्रिया