अन्ततः उपसभामुखको उम्मेदवारमा एमालेबाट विद्या
काठमाडौं । एमालेले लोसपाकी नेतालाई उपसभामुखमा समर्थन गर्ने बताए पनि अन्ततः आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको छ ।
एमालेले उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता गराएको हो । भट्टराई कास्कीबाट निर्वाचित सांसद हुन् ।
लोसपाले पनि सत्ता गठबन्धनलाई समर्थन गर्ने भएपछि एमालेले धारणा परिवर्तन गर्दै आफ्नै पार्टीबाट उपसभामुखमा उम्मेदवार उठाएको हो ।
सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी दर्ता भइकसेको छ । उपसभामुखको निर्वाचन भोलि दिउसो ३ बजे हुँदैछ ।
यसअघि उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले २०७६ मा ६ गते राजीनामा दिएपछि उपसभामुख पद २९ महिनादेखि रिक्त छ ।
तत्कालीन सत्तारूढ दल नेकपाले अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले राजीनामा दिएकी थिइन् । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक दल र लिङ्गबाट हुनुपर्ने व्यवस्था छ ।
प्रमुख प्रतिपक्ष दल एमालेले उपसभामुखमा लोकतान्त्रिक समाजवादी दललाई समर्थन गर्ने अन्तिम तयारी गरेको थियो । लोसपाबाट चन्दा चौधरीलाई उम्मेदवार बनाउने चर्चा चलेसँगै उनलाई समर्थन गर्ने एमालेले तयारी अन्तिममा फेरिएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया