रविको घोषणा : अबदेखि नेपालमा बनेका लुगामात्रै लगाउँछु
काठमाडौं । सञ्चारकर्म छोडेर राजनीतिमा लागेका रवि लामिछानेले अबदेखि नेपालमा बनेका पोशाकमात्रै लगाउने घोषणा गरेका छन् । झापामा बिहीबार आयोजित पार्टीको जिल्ला भेलामा उनले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न आफूले यस्तो घोषणा गरेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
‘परिवर्तन आफैंबाट गर्नुपर्ने रहेछ भन्ने महशुस भयो । हालै मैले चितवनको कार्यक्रममा आफ्नो राजनीतिक जीवनमा नेपालमा बनेका नेपाली फेब्रिक्समात्रै लगाउँछु भनेको थिएँ । मैले अहिले लगाएको पहिरन नेपालमा बनेको हो । म नेपालमा बनेका सामानमात्र प्रयोग गर्नेछु,’ उनले भने ।
आफूले लगाएको लुगाप्रति हेर्दै लामिछानेले यी सबै नेपालमै उत्पादन भएको दाबी गरे । उनले कमिज सुरुवाल र इस्टकोट लगाएका थिए ।
साथै, लामिछानेले आफू पार्टीको कुनै पनि कार्यक्रममा स्टेजमा नबस्ने भन्दै तल प्लास्टिकको कुर्सीमा बसेका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया