सरकारलाई बाँस्कोटाको प्रश्न : मैले गर्दा गलत तिमीहरूले गर्दा ठीक ?
काठमाडौं । पूर्वसूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाललाई साउनदेखि करको दायरामा ल्याउने सरकारको निर्णयप्रति कटाक्ष गरेका छन् ।
यसअघि आफूले यही निर्णय गर्दा विरोध भएको भन्दै सरकारमा बस्नेहरूलाई व्कटाक्ष गरेका हुन् ।
एमाले नेता बाँस्कोटाल सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन कार्यविधिले नभएर सूचना प्रविधि कानुन घर्राबाट निकाल्न सकिने सुझाव दिँदै व्यङ्यसमेत गरेका छन् ।
यद्यपि, सरकारको यो कदमको विरुद्धमा आफू आन्दोलनमा नजाने भन्दै उनले पहिले विरोध भएको क्षण स्मरण गरेका छन् ।
‘फेसबुक, ट्वीटर, युट्युबजस्ता सोसल साइट सञ्चालकलाई साउनदेखि करको दायरामा ल्याउने भएछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘तर म माइतीघर मण्डलामा बगैंचा माड्न जान्न र स्वतन्त्रता हनन् भो भनेर सञ्चारमन्त्रीको पुत्ला जलाउँदिन । बरु कार्यविधिले हुँदैन, सूचना प्रविधि कानुन घर्राबाट निकाल भन्छु । त्यही हिजो गलत आज ठीक ? देखाओ रमिता !’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया