सरकारलाई बाँस्कोटाको प्रश्न : मैले गर्दा गलत तिमीहरूले गर्दा ठीक ?

काठमाडौं । पूर्वसूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाललाई साउनदेखि करको दायरामा ल्याउने सरकारको निर्णयप्रति कटाक्ष गरेका छन् ।
यसअघि आफूले यही निर्णय गर्दा विरोध भएको भन्दै सरकारमा बस्नेहरूलाई व्कटाक्ष गरेका हुन् ।
एमाले नेता बाँस्कोटाल सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन कार्यविधिले नभएर सूचना प्रविधि कानुन घर्राबाट निकाल्न सकिने सुझाव दिँदै व्यङ्यसमेत गरेका छन् ।
यद्यपि, सरकारको यो कदमको विरुद्धमा आफू आन्दोलनमा नजाने भन्दै उनले पहिले विरोध भएको क्षण स्मरण गरेका छन् ।
‘फेसबुक, ट्वीटर, युट्युबजस्ता सोसल साइट सञ्चालकलाई साउनदेखि करको दायरामा ल्याउने भएछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘तर म माइतीघर मण्डलामा बगैंचा माड्न जान्न र स्वतन्त्रता हनन् भो भनेर सञ्चारमन्त्रीको पुत्ला जलाउँदिन । बरु कार्यविधिले हुँदैन, सूचना प्रविधि कानुन घर्राबाट निकाल भन्छु । त्यही हिजो गलत आज ठीक ? देखाओ रमिता !’
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया