अहिले हतियार किन्ने सरकारको योजना छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले कुनै हतियार किन्ने योजना सरकारको नभएको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले आर्थिक समस्या भएका बेला सरकारले करोडौंका हतियार किन्न लागेको भन्दै प्रश्न उठाएका थिए ।
गोपालमान श्रेष्ठ र अर्जुनरसिंह कसीलगायतले उठाएको प्रश्नको तत्काल जवाफ दिँदै देउवाले हतियार किन्ने योजना नरहेको स्पष्ट पारे ।
सरकारले नेपाल प्रहरीका लागि हतियार किन्न लागेको भन्दै केही दिनअघि संसद्मा प्रतिपक्षी एमालेका सांसदले चर्को विरोध गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया