आँखाको डार्क सर्कल हटाउन के खानुपर्छ ?
काठमाडौं । धेरै समय कम्प्युटर, ल्यापटपको स्क्रिनमा बिताउने, बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ बन्छ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छ ः
भिटामिन ए युक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ । साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ । त्यसैले डार्क सर्कल हुनेहरूले गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्नुपर्छ ।
सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन सी पाइने खानेकुरा खाँदा पनि डार्क सर्कल हराउँदै जान्छ । भिटामिन सीले दिमागमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ, जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ ।
अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइने भएकाले डार्क सर्कल भएकाले यस्ता खाना बढी खाने गर्नुपर्छ ।
त्यही भएर डार्क सर्कलको समस्या भएकाले पालुंगो, हाडे बदाम, बदाम, किवी, ओखर, सूर्यमुखीका बिजजस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खानुपर्छ । भिटामिन ईमा एन्टिअक्सिडेन्ट हुने हुनाले छालामा जम्मा भएका विकारलाई शरीरबाहिर निकालेर यसलाई चम्किलो बनाउँछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया