सिसिटिभी प्रकरणमा मुछिएका दुई सचिवलाई जिम्मेवारीबाट हटाउने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले अर्थ मन्त्रालयको विवादित सिसिटिभी प्रकरणमा मुछिएका दुई सचिवलाई जिम्मेवारीबाट हटाउने आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले अर्थ मन्त्रालयका सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुस्करलाई जिम्मेवारीबाट हटाउने आदेश दिन अस्वीकार गरेको हो ।
अधिवक्ताहरू सरोजकृष्ण घिमिरे र बाबुराम अर्याल लगायतले सिसिटिभी फुटेज सुरक्षित राख्न र सचिवद्वयलाई जिम्मेवारीबाट हटाउन माग गरेका थिए । त्यसको सुनुवाइ गर्दै सर्वोच्चले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सो प्रकरणमा मुछिएपछि जनार्दन शर्माले भने अर्थमन्त्रीबाट राजनीनामा दिइसकेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया