जुडो च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीको बिदाइ
काठमाडौं । थाइल्यान्डको बैंककमा आउँदो साउन १ देखि ७ गतेसम्म हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टङ्कलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले चार खेलाडीसहित आठ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
सदस्य–सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरे । क्याडेटमा दुई र जुनियरमा दुई गरी चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । क्याडेट/जुनियरमा १–१ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
जुनियरको पुरुष ६० किलोमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ किलोमुनि देवकीमाया श्रेष्ठ सहभागी हुने छन् । क्याडेटको पुरुष ५५ किलोमुनि ताराबहादुर भुजेल र महिला ४८ किलोमुनि निशा श्रेष्ठले खेल्ने छन् । घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग (पाम) को प्रतिनिधित्व गर्छन् । देवकी र निशा सहोदर दिदीबहिनी हुन् ।
टोली प्रमुखमा नेपाल जुडो सङ्घका अध्यक्षसमेत रहेका जुडो युनियन अफ एसिया (जेयुए) का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष बज्राचार्य छन् । टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ छन् ।
जुडो सङ्घका खेलकुद निर्देशक सुप्रसिद्द ताम्राकार पनि टोलीसँग बैंकक जानेछन् । साउन १ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन नेपाली टोली आजै थाइल्यान्ड प्रस्थान गर्दैछ ।
ताजा अपडेट
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने


प्रतिक्रिया