काठमाडौंमा चोरीको मोटरसाइकलसहित दुई पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाडौंको सामाखुसीबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरीको मोटरसाइकलसहित महोत्तरी बर्दिबासका २० वर्षीय सञ्जय विश्वकर्मा र सङ्खुवासभा खाँदबारीका रमेश राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महाशाखाका प्रमुखप्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले वास्तविक नम्बर प्लेट बा ८५ प ९०३४ लाई परिवर्तन गरेर प्रदेश ३–०२–१२ प ५५८२ नम्बरको प्लेट हालेर चलाएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
सन्तोष श्रेष्ठको नाममा रहेको उक्त पल्सर मोटरसाइकल यही पुसमा धुम्बाराहीबाट हराएको थियो । मोटरसाइकलसहित पक्राउ परेका उनीहरुलाई चोरी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको महाशाखा प्रमुख जोशीले बताए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया