काठमाडौं महानगरपालिकाले आजदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर संकलन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार(आज)देखि कुहिने र नकुहिने फोहोरहरू उठाउनका लागि बेग्ला–बेग्लै दिन फोहोर संकलन गर्ने गाडीहरू पठाउने भएको छ ।
यसका लागि महानगर वासिन्दाले कुहिने र नकुहिने फोहोर घरमै अनिवार्य छुट्याउनुपर्नेछ । स्रोतमै अलग–अगल फोहोर नछुट्याए महानगरपालिकाले नउठाउने र प्रत्येक पटक रु. ५०० जरीवाना लिने महानगरपालिकाले जानकारी दिएको छ ।
काठमाडौंका मेयर बालेन्द्र शाहले महानगरपालिकाको फोहोर उठाउने विषयमा नयाँ प्रयोग गर्न लालिएको भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।
‘फोहोरको विषयमा नयाँ प्रयोग गाह्रो कुरा पनि होइन । यसका लागि कुहिने र नकुहिनेलाई एकै ठाउँमा नमिसाइदिए पुग्छ’, शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘फोहोर छुट्याउने सोचाइले पनि यसलाई अतिरिक्त काम जस्तो अनुभूति गराइरहेको छ । वास्तवमा एकछिनको सजिलोको लागि कुहिने र नकुहिने फोहोरलाई हामीले मिसाइरहेका छौँ । र, त्यसले फोहोरको व्यवस्थापनमा सबै भन्दा असहज अवस्था बनाइरहेको छ ।’
आफूले उत्पादन गरेको फोहोरको कारण मानिसहरू रोगी र नारकीय जीवन भोगिरहेको तर्फ सजग गराउँदै यसलाई रोक्ने जिम्मेवारी महानगरवासीकै भएको उल्लेख गरेका छन् ।
‘अबदेखि कुहिने र नकुहिने फोहोरलाई अलग अलग भाडोमा संकलन गरिदिनुहोला । तालिका अनुसार आएका फोहोर संकलन गर्ने गाडीहरुमा सोही अनुसार फोहोर दिनुहोला । हामीले फोहोर संकलन गर्ने तालिकालाई क्रमशः थप सहज र वैज्ञानिक बनाउँदै जानेछौँ’, शाहले उल्लेख गरेका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय वासिन्दा र स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो ।
अबदेखी फाेहाेर व्यवस्थापनका लागि हप्तामा आइतबार र बिहीबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर संकलन र व्यवस्थापन गर्ने कार्यतालिका बनाएको महानगरले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया