एसियाली जुडो च्याम्पियनसिपमा तारा र निशाले प्रतिस्पर्धा गर्ने

काठमाडौं । थाइल्याण्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपको पहिलो दिन सोमबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्न लागेको नेपाल जुडो सङ्घका उपाध्यक्ष सूर्यनारायण श्रेष्ठले जानकारी दिए । ताराले पहिलो चरणमा थाइल्याण्डका खेलाडीलाई प्रतिद्वन्द्वी पाएका छन् । यो स्पर्धामा १६ खेलाडी सहभागी छन् ।
पहिलो चरणमा निशाले बाइ पाएकी छन् । अर्को चरणमा निशाले हङकङ र थाइल्याण्डका खेलाडीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । निशाको स्पर्धामा १२ खेलाडी छन् । क्याडेटमा १६ राष्ट्रका १७४ खेलाडी सहभागी छन् । मङ्गलबार जुनियरतर्फ पनि दुई खेलाडी प्रतिस्पर्धामा उत्रनेछन् । पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले खेल्नेछन् । पहिलो चरणमा बाइ पाएकी देवकीले दोस्रोमा भारत र थाइल्याण्डबीचको विजेतासँग खेल्ने छिन् । यो स्पर्धामा ११ खेलाडी सहभागी छन् ।
उत्तमले १६ खेलाडी रहेको स्पर्धाको पहिलो चरणमा मङ्गोलियाका खेलाडीको सामना गर्नेछन् । जुनियरमा विभिन्न १५ देशका १६३ खेलाडीको सहभागिता रहेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । घरेलु प्रतियोगिता चारै खेलाडीले बन्दी सहायता नियोग (पाम)बाट खेल्छन् । देवकी र निशा सहोदर दिदीबहिनी हुन् ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया